आफ्ना निर्भिक अभिव्यक्तिका लागि परिचित बलिउड अभिनेत्रीले 'भाइ-भजिजावाद'ले बलिउड बर्बाद भएको बताएकी छन्। भारतीय टेलिभिजन च्यानल 'जी न्यूज'लाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएकी हुन्।
रिलिजको क्रममा रहेको 'जजमेन्टल है क्या'को गीत सार्वजनिक समारोहमा पत्रकारसँग झगडा परेपछि भएको माफीको माग गरिएकी कंगनाले सो प्रकरणमा माफी नमाग्ने बताउँदै आएको परिपेक्षमा बलिउडका बारेमा यस्तो अभिव्यक्ति दिएकी हुन्।
सो विवादमा माफी नमाग्ने कंगनाको भनाइपछि मिडियाले उनलाई बहिष्कार गर्ने बताएका थिए जसको जवाफमा कंगनाले एक भिडियो मार्फत 'कृपया मलाई ब्यान्ड गरिदिनुस्' भनेर जवाफ फर्काइन्।
सो घटनापछि पहिलो पटक मिडियामा आएकी कंगनाले आफूलाई पत्रकारसँग भन्दा पनि बिकाउ पत्रकारसँग समस्या रहेको बताइन।
उनले त्यस्ता पत्रकार आफ्नो नाम खराब गर्ने लागिपर्ने गरेको आरोप लगाइन। यसैगरी उनले केहि पत्रकारहरूले एक वर्गका स्टारहरूको खुबै चाप्लुसी गर्ने गरेको भनाइ राखेकी थिइन्।
त्यस्तै उनले मिडियाको काम समीक्षा गर्ने भएको र त्यसलाई आफूले पनि सकारात्मक रूपमा लिएर आफ्ना गल्ती सुधार्ने गर्ने गरेको भए पनि कतिपय अवस्थामा आफ्नो मजाक उडाइने गरेकोमा आफूलाई आपत्ति रहेको धारणा राखिन्।
'मैले समीक्षाहरूका कारण आफूलाई धेरै सुधारेकी छु तर कसैले मेरो मजाक गर्छ भने अबदेखि त्यसलाई म सहन्न', कंघनाले भनिन्।
'सिने माफिया'को पर्दाफास हुनु जरूरी
सो अन्तरवार्तामा आफ्नो संघर्षका बारेमा बताउँदै कंगनाले आफूले सिनेमा उद्योगका ठूला सेलिब्रेटीहरूविरूद्ध आवाज उठाउने गरेको बताइन।
'मैले शक्तिशाली भनिएका व्यक्तिहरूविरूद्ध डर नमानी आवाज उठाएको छु, चाहे त्यो ऋतिक रोशन हुन् या करण जोहर', उनले भनिन्।
उनले बलिउड बाहिरबाट आउने युवतीहरूको शोषण हुने बताइन। उनले बलिउडमा नातावादको जरा एकदमै गहिरो रहेको र त्यसले बाहिरबाट आउनेलाई टिक्न नदिने गरेको भनाइ राखिन्।
'यस्ता मुवी माफियाको पर्दाफास हुनु जरूरी छ', उनले भनिन्।
यसैगरी कंगनाले सो अन्तरवार्तामा हाल आफू कुनै पनि राजनैतिक पार्टीसँग जोडिने मनस्थितिमा नरहेको स्पष्ट पारिन्। उनले राजनीतिका लागि विभिन्न पार्टीले बोलाएको बताइन्।
पूरा अन्तरवार्ता हेर्न यहाँ क्लिक गर्नुहोस्