बलिउड अभिनेत्री माही गिल 'साहेब बिबी और गुलाम', 'देव डी' जस्ता सिनेमाका लागि चर्चित छिन्।
यी सिनेमामा उनले बोल्ड शैलीमा बुलन्द अभिनय गरेकी छन्। यी सिनेमाले दर्शक बिच चर्चा दिलाएको सकारात्मक कुरा त छँदैछ अर्को तर्फ यस्तै सिनेमाका कारण उनलाई आफ्नो करियरप्रति गुनासो पनि छ।
उनको यो गुनासो हालै एक अन्तरवार्तामा झल्कियो।
त्यसमा उनले आफ्नो पीडा पोखिन्। उनको गुनासो आफूलाई खाली 'सेक्सी' तथा 'बार गर्ल'को भूमिकाको प्रस्ताव आएकोमा व्यक्त गरेकी हुन्।
'मलाई अक्सर त्यतिबेला याद गरिन्छ जतिबेला कुनै सिनेमामा कल गर्ल वा रक्सी समातेकी महिलाको भूमिका हुन्छ', उनले भनिन्।
उनले आफूलाई 'साहेब, बिबी और ग्याङ्स्टर' जस्ता सिनेमामा गरेको भूमिकाजस्ता सिनेमाको प्रस्ताव आउने गरेको बताइन्। उनले अब आइन्दा त्यस्ता भूमिका नगर्ने स्पष्ट पारिन्।
'बलिउडमा काम गरेको लामो समय भइसक्यो तर खोजे जस्तो मौका अझै पाएको छैन', उनले भनिन्।
यसैगरी माहीले आफूलाई 'टाइपकास्ट' बनाइएको दुखेसो गर्दै बलिउड परिवारबाट आएका कलाकारले खासै अभिनय गरेपनि यथेस्ट मौका पाइरहेको बताइन्।
माही अभिनित 'फ्यामिली अफ ठाकुरगंज' सिनेमा रिलिजका क्रममा रहेको छ। सिनेमा १९ जुलाईमा रिलिज हुँदैछ।