बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन्।
उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन्।
ट्विटरबाट उनले यसको जानकारी दिएका हुन्। अक्षय कुमार अभिनित 'मिशन मंगल' रिलिजका क्रममा रहेको छ। सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ।