अभिनेत्री शिल्पा शेट्टी बलिउड छिरेको २५ वर्ष बितिसकेको छ।
बितेका १२ वर्षमा उनले ठूलो पर्दाको सिनेमामा काम गरेकी छैनन्। यसबिचको समयमा उनको सक्रियता टिभीमा रह्यो। उनले टेलिभिजनका रियालिटी शोजको निर्णायक रूपमा आफूलाई व्यस्त राखिन्।
अब भने उनको ठूलोपर्दासँग बिगत १२ देखि रहँदै आएको विच्छेद टुङ्गिने भएको छ। हालै उनले नाम तय भइनसकेको एक सिनेमा खेल्नका लागि मंजुरी दिएको खबर सार्वजनिक भएको छ। शिल्पालाई सिनेमाको स्क्रिप्ट मनपरेकाले उनले सिनेमाको लागि मंजुरी दिएको बताइन्छ।
सिनेमा अजीज मिर्जाका छोरा हारून ए मिर्जाको निर्देशनमा बन्नेछ। सिनेमामा शिल्पा अलग भूमिकामा प्रस्तुत हुनेछिन्। सिनेमामा उनले एक लेखिकाको भुमिकामा अभिनय गर्नेछिन्। हाल लन्डन र ग्रिसमा एकमहिनाको छुट्टीमा गएकी शिल्पाले अगस्टको पहिलो साताबाट सिनेमाको सुटिङ गर्ने तय भएको छ।
सन् १९९३ मा बलिउड थ्रिलर 'बाजीगर'बाट शिल्पाले सिनेमामा डेब्यू गरेकी थिइन। उनी अभिनित सिनेमा पछिल्लो पटक सन् २००७ मा रिलिज भएको थियो। यसबीचमा उनले 'ओम शान्ति ओम' तथा 'दोस्ताना' सिनेमामाका गीतमा मात्र देखिएकी थिइन्।