सलमान खान सिनेमाबाट जति चर्चा बटुल्छन्, उतिने चर्चा प्रेमबाट पनि बटुल्छन्। सोमी अलीदेखि लिएर संगीता बिजलानीसम्म र ऐश्वर्या रायदेखि लिएर क्याटरिना कैफसम्मका सुन्दरीसँग सलमानको प्रेम रह्यो।
उनका यी प्रेम सम्बन्धहरू जति नै विवादमा आएपनि उनीहरूसँगको मित्रवत सम्बन्धलाई उनले सँधै महत्व दिदैं आएका छन्।
हाले सलमान 'नच बलिए'को ९ औं संस्करणको प्रिमियरमा देखिए। यस शोमा जोडी तथा पूर्व स्टारहरूको जोडी सहभागी छन्। शोमा उर्वशी ढोलकिया तथा अनुज सचदेवाले 'एक्स-कपल'का रूपमा सहभागिता जनाइरहेका छन्। यो जोडीसँग सलमानले कुरा गरे।
उनीहरूसँग कुरा गर्दै सलमानले 'यो सुन्दर कुरा हो, तपाईंहरू दुबै जना पुर्व प्रेमीप्रेमिका हो तर पनि तपाईंहरूबीच राम्रो छ' भने।
सलमान यस शोका निर्माता पनि हुन्।
'घृणा गर्नका लागि यो जीवन लामो छ। कुनै कारणले जीवनमा तपाईंहरू छुट्टिनुभएको भए पनि पुनः एकसाथ आउन सक्नुहुन्छ। तपाईंहरू साथी बन्न सक्नुहुन्छ र काम गर्न सक्नुहुन्छ', सलमानले शोमा भने।
सलमानले प्रेमिकाहरूसँग विछोड भोगे पनि पर्दाखेरिमा उनीहरूको सहयोगका लागि सँधै आउने गरेका छन्।
उनी ऐश्वर्याबाहेकका आफ्ना पूर्वप्रेमिकाहरूसँग निरन्तर सम्पर्कमा छन् र उनीहरूलाई पर्दा सहयोग गर्छन। क्याटरिनाले उनीसँग ब्रेकअपपछि अभिनेता रणवीर कपुरसँग सम्बन्धमा रहिन।
यो सम्बन्धले पनि विराम पायो। रणविरसँग सम्बन्धमा हुँदा क्याटरिनाका केहि सिनेमाले काम गरेनन्। यस समयमा सलमान उनलाई सहयोग गरे।
हालैमात्र उनले क्याटरिनासँग 'भारत' सिनेमामा काम गर्नु यसको उदाहरण हो। यस्तै केहि दिन अगाडी क्याटरिनाको जन्मदिनमा उनले आफ्नो फेसबुक तथा ट्वीटरमा क्याटरिना र आफू सवार बाइकको एक फोटो पोस्ट गर्दै क्याटरिनालाई जन्मदिनको बधाई दिए।
प्रेम छुटेपनि साथी बनेर साथ दिन उनले छाडेका छैनन्। सलमान हाल 'दंबग ३' तथा संजय लिला भन्सालीको निर्देशन रहेको 'इन्शाल्लाह'मा व्यस्त रहेका छन्।
पूर्वप्रेमिकाहरू प्रतिको उनको यो रवैयाले उनीप्रति जोकोहीलाई नतमस्तक नै बनाउँछ।