ग्याङ्स्टर सिनेमा बनाउनमा माहिर राम गोपाल वर्मा हाल बलिउडमा भन्दा पनि दक्षिण भारतीय तेलेगु सिनेमामा व्यस्त छन्। उनी बेलाबेलामा यस्ता यस्ता हर्कत गर्छन की अरू ध्यान दिन बाध्य हुन्छन्।
उनले आफ्नो ट्वीट ह्यान्डलबाट गर्ने ट्विटले बेलाबेलामा राम्रै चर्चा कमाउँछ। उनी आफूलाई लागेको कुरा गर्ने भएकाले चर्चा उनको पछिपछि लाग्छ।
हालै उनले आफ्नो ट्विटरबाट पोस्ट गरेको एउटा भिडियोले उनको अन्दाज कति बिन्दास छ, देखाउँछ।
पोस्ट गरिएको भिडियोमा उनले आफूमाथि आफैले स्याम्पेन खनाइरहेका छन्।
'म पागल होइन तर स्मार्ट शंकरले मलाई पागल बनाइदियो। पुरी जगनाथ र चार्मी कौरमाथि यसको आरोप लाग्छ', ट्विटमा उनले भिडियोसँगै लेखेका छन्।
यो भिडियोका अलावा उनी अर्को एक भिडियोबाट चर्चामा छन्।
सो भिडियोलाई उनले आफ्नो स्विटर ह्याण्डलबाटसमेत सेयर गरेका छन्। भिडियोमा उनलाई शानदार रोयल इन्फिल्ड बाइक चलाउँदै गरेको देख्न सकिन्छ। यस भिडिओमा उनले आफी पछाडी अरू दुई जनालाई चढाएका छन्। यसरी क्षमताभन्दा बढि मान्छे चढाएकोमा उनलाई मान्छेले ट्रोल समेत गरेका छन्।
भिडियो त विवादित बन्यो नै उनले त्यस भिडियोमा लेखेको क्यापसनले झन अर्को विवाद जन्मायो।
'पुलिस कहाँ छ? मलाई लाग्छ सबै हलभित्र छन् र स्मार्ट शंकर हेरिरहेका छन्', ट्विटमा उनले लेखेका थिए।
यसैवर्ष उनलाई प्रहरीले विमानस्थलबाटै फर्काइदिएको थियो।
भारतीय लोकसभा चुनावका दौरान आफ्नो सिनेमा 'लक्ष्मी एनटिआर'को प्रचारका लागि विजयवाडा पुगेका उनलाई प्रहरीले चुनाव आचारसंहिताको उलघंन हुने भन्दै एयरपोर्टबाटै फर्काइदिएको थियो।
'स्मार्ट शंकर'मा राम पोथिनेनीको प्रमूख भूमिका छ। सिनेमाले २ दुनमा २५ करोड भारूको कमाइ गरेर वक्सअफिसमा सफलता बटुलिरहेको छ। सिनेमालाई पुरी जहन्नाथ र चार्म कौरले निर्देशन गरेका हुन्।