डिज्नेको पछिल्लो रिलिज 'द लायन किङ'ले भारतीय वक्सअफिसमा सफलता हासिल गरेको छ।
सिनेमाले रिलिजको ३ दिनमा ५० करोड भारू बढि कमाउँदै यो सफलता हात पारेको हो।
सिनेमाले त्ययअघि भारतमा रिलिज भएको 'एभेन्जर' सिरिजको सिनेमाको कमाइलाई टक्कर दिदैं सर्वाधिक सुरूवाती व्यापार गर्ने तेश्रो हलिउड सिनेमा बनेको छ। 'द लायन किङ' यस सूचिमा समावेश भएको 'एभेन्जर्स' इतरको पहिलो सिनेमा हो।
सिनेमाको हिन्दी संस्करणको प्रमूख पात्रमा बलिउड अभिनेता शाहरूख खान र उनका छोरा आर्यन खानले आवाज दिएका छन्।
भारतीय बलिउड व्यापार विश्लेषक तरण आदर्शले सिनेमाले ३ दिनमा ५४.७५ करोड भारू कमाइ गरेको बताएका छन्।
त्यसैगरी हिन्दी संस्करणलाई दर्शकले मनपराएको भन्दै अभिनेता शाहरूखले सिनेमामा आफूसँग आवाज दिएका सह-कलाकारहरूलाई धन्यवाद भनेका छन्।
'सबै मानिसहरूले 'द लायन किंग' सिनेमाको आनन्द लिइरहेको सुनेर धेरै खुशी भइयो', शाहरूखले ट्वीट गरेका छन्।
सिनेमाले रिलिजको पहिलो दिन १३.१७ करोड भारू रूपैयाँ कमाइ गरेको थियो। सिनेमा विभीन्न भाषामा गरी भारतभरका करिब २ हजार १ सय ४० पर्दामा रिलिज भएको थियो।