बलिउड अभिनेता शाहिद कपुरले यस वर्ष 'कबीर सिंह' पहिलो सोलो सुपर डुपरहिट सफलता प्राप्त गरे। सिनेमाको सफलता उनको करियरकै महत्वपूर्ण मोड बनेको छ। सिनेमा हिट भएसँगै उनलाई तेलेगु सिनेमा 'जर्सी'को हिन्दी रिमेकमा काम गर्ने प्रस्ताव आएको छ।
सिनेमा हिट भएसँगै उनको पारिश्रमिक पनि बढेको छ। 'कबीर सिंह' अगाडी प्रति सिनेमा १० देखि १२ करोड पारिश्रमिक लिदैं आएका शाहिदले यस रिमेकका लागि ४० कोरोड भारू मागेका छन्।
एक क्रिकेटरको कथामा आधारित यस सिनेमाको प्रस्ताव आएपछि शाहिदले ४० करोड पारिश्रमिक मागेको बताइन्छ। सिनेमाले एक क्रिकेटरको संवेदनात्मक जीवन यात्राको कथा पेस गर्छ।
शाहिदलाई प्रस्ताव गरिएको 'जर्सी' यसै वर्ष रिलिज भएको सिनेमा हो। अभिनेता नानीको मूख्य भूमिकामा अभिनय गरेको सिनेमाले तेलेगु वक्सअफिसमा ७५ करोड भारू कमाएको थियो।
अब शाहिदले मागेको यो पारिश्रमिक आधिकारिक हो की होइन बारेमा उनले केहि बोलेका छैनन्।
शाहिदको नयाँ पारिश्रमिकको चर्चा यसरी आइरहँदा एक महिनादेखि वक्सअफिसमा बलियो कमाइ गरेको 'कबीर सिंह'ले आफ्नो कमाई २७१ करोड भारू पार लगेको छ। अब सबैको आँखा सिनेमाले ३०० करोड भारूको आखडा छुन्छ या छुँदैन भन्नेमा छ।
सिनेमा यस वर्ष कमाइको मामिलामा एक नम्बरमा रहेको छ।