मृगौला प्रत्यारोपण गर्न अमेरिका गएको हल्ला चलेपछि बाहुबली सिनेमाबाट भल्लालदेवाका रूपमा चर्चित बनेका अभिनेता राणा दगुबत्तीले सो हल्लालाई निराधार बताएका छन्।
सार्वजनिक कार्यक्रमहरूमा कम देखिन थालेपछि यस्तो हल्ला चलेको बताइन्छ।
'म अमेरिका केहि हप्ताका लागि मेरो आगामी परियोजनाको अनुसन्धानको सिलसिलामा बसिरहेको छु। आगामी सिनेमाका लागि केहि भिज्वल इफेक्ट कम्पनीसँग भेट गरिरहेको छु', आफूबारेमा चलेको हल्ला हल्लामात्र भएको बताउँदै उनले भने।
राणाको मृगौलामा समस्या आएपछि उनको वजन घटेको र मृगौला प्रत्यारोपणका लागि अमेरिका हल्ला चल्दै आएको थियो।
अब राणाको यस बयानपछि सो हल्ला हल्लामात्रै भएको प्रमाणित भएको छ।
उनी अभिनित 'हाउसफूल ४', 'हाथी मेरे साथओ' तथा 'भुजः द प्राइड अफ इण्डिया' जस्ता सिनेमा यसै वर्ष रिलिज हुनेछन्। यसका अलावा उनी तेलेगु सिनेमा 'वीरतापरम'मा पनि देखिनेछन्।