'कबीर सिंह'ले शाहिदलाई करियरकै पहिलो ब्ल्कबस्टर सिनेमाको स्वाद चखायो।
सिनेमा ३०० करोड भारूको आँकडा पार गर्ने बाटोमा रहेको छ। सिनेमा चलेसँगै नयाँ हल्ला पनि चले। यसमा विशेषतः उनको पारिश्रमिकसम्बन्धी हल्लाले प्रमूखता पायो।
हाल प्रति सिनेमा १०-१२ करोड भारू पारिश्रमिक लिने उनको पारिश्रमिक सिनेमाको सफलताले दोब्बर हुँदै ३० करोड पुगेको खबरहरू सार्वजनिक भए।
त्यसमाथि केहि दिन अगाडी अर्को एक सिनेमाको लागि उनले ४० करोड पारिश्रमिक मागेको खबर सार्वजनिक भयो। उनले तेलेगु सिनेमा 'जर्सी'को हिन्दी रिमेकका लागो ४० करोड मागेको चर्चा चलेको थियो।
सिनेमा रिलिजको १ महिनाको अवधिभर सिनेमासँग सम्बन्धित विभिन्न विवाद र पारिश्रमिकका खबरहरूका बारेमा केहि नबोलेका शाहिदले सोका बारेमा मुख खोलेका छन्।
शाहिदका अनुसार यी सबै मनगढन्ते कहानी हुन्। हालै दिएको एक अन्तरवार्तामा उनले यसबारेमा स्पष्ट पारे।
'म पैसा तब लिन्छु, जब कुनै सिनेमा साइन गर्छु। कबीर सिंहबाट भूषण कुमार र मुराद खेतानीले कमाइरहेका छन्। मेरो बैंक व्यालेन्स पहिला जति नै छ। पैसा कमाउन त मैले अर्को सिनेमा गर्नुपर्छ', शाहिदले भने।
'कबीर सिंह' यस वर्ष हाल सम्म रिलिज भएका सिनेमामा मध्ये सर्वाधिक कमाउने बलिउड सिनेमा हो।
अब साहिदको यस्तो बयानपछि सबैको मनमा नयाँ सिनेमा शाहिदले कति रकममा गर्लान भन्ने चासोलाई पक्कै बढाउने छ।