आजबाट कंगना रनौट तथा राजकुमार राव स्टारर 'जजमेन्टल है क्या' रिलिज भएको छ। धेरैको चासो सिनेमाको व्यापार कस्तो हुनेमा नै छ।
प्रि-रिलिजमा सिनेमा हेरेकाले सिनेमाको बारेमा सकारात्मक टिप्पणी गरेका छन्। यस्तो सिनेमाले सुखद व्यापार गर्ने अनुमान गरिएको छ।
कंगना अभिनित, निर्मित तथा निर्देशित 'मणिकर्णिका'को सफलताले पनि सिनेमाले पहिलो दिन राम्रै कमाइ गर्ने अनुमान गरिएको छ। यस्तै ट्रेलरबाट पनि सिनेमाले राम्रो प्रतिक्रिया पाएको थियो।
यस्तोमा बलिउड सिनेमा व्यापार विश्लेषकहरूले सिनेमाले पहिलो दिन ६ देखि ८ करोड भारूको कमाइ गर्ने अनुमान गरेका छन्। कंगनाको पछिल्लो रिलिज 'मणीकर्णीका'ले ८.७५ करोड भारूको कमाएको थियो।
त्यस्तै सन् २००७ मा रिलिज भएको उनी अभिनित 'सिमरन'ले २.७७ करोड बारू कमाइ गरेको थियो जबकी 'रंगुन'ले ६.०७ करोडको सुरूवाती व्यापार गरेको थियो। सिनेमामा उनका अलावा सैफअलि खान र शाहिद कपुर मूख्य भूमिकामा थिए।
यस्तै सन् २०१५ मा कंगनाको ३ सिनेमा 'तनु विड्स मनु रिटन्स', 'आय लभ एन व्वाय' तथा 'कट्टी बट्टी' रिलिज भएका थिए जसमा 'तनु वेड्स मनु रिटन्स'ले ८.७५ करोड भारू कमाउँदा 'कट्टी बट्टी'ले ५.२८ करोड भारू कमाएको थियो।
'जजमेन्टल है क्या'लाई प्रकाश कोवलमुडीले निर्देशन गरेका हुन्।