बिआर चोपडाको टेलिभिजन सिरिज 'महाभारत'मा अभिनय गरेका हर पात्र आजपनि जीवन्त लाग्छन्।
यस सिरियलमा जसले जेजे भूमिकामा अभिनय गरे, उनीहरू त्यस्तै रूपमा मानिसको मनमा बसे।
आजभन्दा ३० वर्ष अगाडि दुर्योधनको भूमिकामा अभिनय गरेका अभिनेता पुनित इस्सरलाई आज पनि मानिसहरूले दुर्योधन मान्ने गरेको बताउँछन्।
'ईश्वर दयालु रहेछन्, मानिसहरूले मलाई अर्को नाम पनि दिए। यहाँसम्मकी ३० वर्षपछि पनि मानिसहरू मलाई दुर्योधन ठान्दछन्', पुनितले भने।
दुर्योधन सम्बन्धी एक नाटक प्रस्तुत गर्ने लागेका पुनितले त्यसैक्रममा मिडियासँग कुरा गर्दै यस्तो बताएका हुन्।
'महाभारतः द एपिक टेल'नाटकबाट उनले महाभारतको युद्ध हारेको पक्षलाई नाटकमा ल्याउने कोशिस गरेको बताए।
यस क्रममा उनले आफ्नो अध्ययनबाट दुर्योधनका बारेमा बुझेको कुरालाई पनि भने।
उनको बुझाइमा दुर्योधन एउटा जटिल हो।
'जब उसको जन्म भयो, तब राजगुरू र ज्योतिषीले कालको जन्म भएको भनेर भविष्यवाणी गरेका थिए। उनीहरूले हस्तिनापुरलाई जोगाउने भए, उसलाई मार्नुपर्ने बताएका थिए तर उसकी आमाले त्यसो गर्न दिइनन्', पुनितले भने।
'यस्तो जटिलताका साथ दुर्योधन हुर्के बढे। खासमा उ रूचाइएको बच्चा थिएन। उनी कुलप्रति घृणा पाल्दै हुर्कियो। उसका सबै भावना, रूप, बहस विचारलाई नाटकमा देखाइएको छ', उनले दुर्योधनको दिमागलाई बुझ्नुपर्ने आवश्यक्ता रहेको बताए।
'उसले जसरी व्यवहार गर्यो, त्यो किन गर्यो? उसको नमा के थियो र पाण्डवप्रति उसको घृणाको कारण के थियो? अर्कोतर्फ आफ्ना मित्र कर्णप्रति किन त्यति धेरै आत्मिय थिए?', पुनितले प्रश्न गर्दै भने।
उनले यस शोधका दौरान पढिएका किताबहरूका बारेमा पनि बताए।
उनले यसक्रममा आफूले वेद व्यासको 'महाभारत', भासको 'उरूभंग'(दुर्योधनको दृष्टिकोणबाट लेखिएको), रामधारी सिंह दिनकरको 'रश्मीरथी'(कर्णको दृष्टिकोणबाट लेखिएको) र शिवाजी सावंतको 'मृत्युंजय' पढेको खुलासा गरे।