पछिल्लो समय जोरा फतेहीले आइटम नम्बरबाट दर्शकहरूको मन जित्दै आएकी छन्। हालै मात्र रिलिज भएको जोन अब्राहम स्टारर 'बाटला हाउस'को 'साकी साकी' बोलको गीत आजकल खुबै चर्चामा छ। दर्शकहरूले गीत र नृत्य मनपराइरहेका छन्।
यस गीतमा नाचेकी नोरालाई आजकल बलिउडमा आइटम नम्बरकी रानी नै मानिन्छ। पछिल्लो समय उनी आइटम गीतमा सफल कलाकारमा दरिएकी छिन्।
आज सफलताको स्वाद चाखिरहेकी नोराले जीवनमा कठिन समय पनि भोगेकी छन्। हालै एक अन्तरवार्तमा उनले आफ्नो कठिन दिन र संघर्षको सम्झना गरिन्।
केहि वर्ष अगाडिसम्म नोराको अवस्था आजको जस्तो थिएन। उनी संघर्ष गर्दै थिइन्। क्यानडाकी नागरिक रहेकी नोराले ती दिनको सम्झना यसरी गरिन्।
'भारतमा विदेशीका लागि जीवन मुश्किलले भरिएको छ। मानिसहरूलाई हामी कति कुराहरू झेल्दै आएका हुन्छौ भनेर थाहा नै हुँदैन। उनीहरू हाम्रो पैसा खाइदिन्छन्। यस्तो मलाई पनि परेको छ, उनले भनिन्, 'मलाई मेरो पहिलो एजेन्सी जसले मलाई क्यानडाबाट यहाँ लिएर आयो, अझै पनि याद छ। उनीहरू एकदमै आक्रमक थिए। मलाई उनीहरूले सहि ढंगले निर्देशित गरिरहेका छैनन जस्तो लाग्यो। तब मैले उनीहरूबाट छुटकारा पाउने निर्णय गरें। यस्तोमा उनीहरूले मलाई मेरो पैसा दिन्नौ भने। र मैले काम गरेर कमाएको २० लाख गुमाएँ।'
यसैगरी नोराले मानिसहरूले उनको बोलीचाली र हाउभाउलाई लिएर सताउने गरेको गुनासो गरिन्।
उनले संघर्षका दिनमा एउटै कोठामा ७-७ जना युवतीहरू कोचिएर बस्ने गरेको पनि सुनाइन्।
नोरा'रोरः टाइगर अप सुन्दरबन्स' सिनेमाबाट बलिउडमा डेब्यू भएकी हुन्। सिनेमाले उनलाई अभिनेत्रीका रूपमा खासै चर्चा दिलाउन सकेन। दर्शकहरूले उनलाई आइटम गीतहरूमा भने खुबै रूचाए। उनी छिट्टै 'स्ट्रिट डान्सर थ्रडी'मा देखिनेछिन्।