'कबीर सिंह'को सफलताको फाइदा शाहिद कपुरलाई मात्र भएको छैन। शाहिदले अभिनय गरेको यस रिमेकका मूख्य अभिनेता विजय देवरकोंडालाई पनि भएको छ।
'कबीर सिंह' उनी अभिनित 'अर्जुन रेड्डी'को हिन्दी रिमेक हो। यसै शुक्रबार उनी अभिनित अर्को सिनेमा रिलिज भएको छ।
सिनेमाको नाम हो- डियर कमरेड।
सिनेमाले गतिलो व्यापार गरिरहेको छ। रिलिज अगावै सो सिनेमा हेरेका निर्माता-निर्देशक करण जोहरले यसको हिन्दी रिमेक अधिकार किनिसकेका छन्। रिमेकका लागि उनले ६ करोड भारू तिरेको बताइन्छ।
रिमेकसँगै करणले विजयलाई सो सिनेमामा अभिनय गर्ने प्रस्ताव गरेका थिए तर विजयले रिमेक खेल्न अस्वीकार गरेका छन्।
सिनेमा समिक्षक अनुपमा चोपडालाई दिएको एक भिडिओ अन्तरवार्तामा उनले 'डियर कमरेड'को रिमेकमा काम गर्ने इच्छा आफूलाई नभएको बताएका हुन्। सो क्रममा उनले आफूलाई 'कबीर सिंह'को हिन्दी रिमेकमा पनि काम गर्न प्रस्ताव भएको खुलासा गरे।
उनले आफूलाई उहि काम दोहोर्याएर गर्ने मन नलाग्ने बताए। अन्तरवार्ताका क्रममा फेरि उहि पात्रको संवेदनामा छिरेर काम गर्नु आफ्ना लागि सहज नहुने उनको भनाइ थियो
उनले बलिउडका केहि स्क्रिप्टहरू पढिरहेको र मनपरेको खण्डमा आफूले गर्ने सक्ने भनाइ उक्त अन्तरवार्तामा राखेका छन्।