बलिउड अभिनेता अजय देवगन ट्रोलको सिकार भएका छन्। मन्दिरमा टिसर्ट र हाफ पाइन्ट लगाएर पूजा गर्ने गएपछि उनी ट्रोलको सिकार भएका हुन्।
अजय हाल 'भुजः द प्राइड अफ इण्डिया'को सुटिङका क्रममा रहेका अजय भुजको मांडवीमा रहेको श्री नागनाथ महादेव मन्दिरमा दर्शनका लागि पुगेका थिए।
उनले दर्शनका लागि लगाएको लुगा सहि नभएको भन्दै उनको ट्रोल भएको हो।
उनले पूजा गर्दाखेरिको तस्वीर सार्वजनिक भएपछि मानसिहरूले सामाजिक संजालमा उनको ट्रोल गरेका हुन्। सार्वजनिक तस्वीरमा उनलाई निलो रंगको टिसर्ट र सेतो रंगको हाफ पेन्टमा देखिएका छन्।