महेश बाबुले सिनेमा नगर्ने भएपछि पुरी जगननाथले आफ्नो नयाँ निर्देशकिय सिनेमा 'जन गण मन'मा 'केजिएफ' स्टार यशलाई सो सिनेमा खेल्न प्रस्ताव गरेका छन्।
श्रोतका अनुसार यशले सो सिनेमा गर्ने इच्छा जाहेर गरेको र छिट्टै अनुबन्धन सम्झौता हुने बताइएको छ। दुबैबीच यसलाई लिएर पटकपटक वार्ताहरू भइसकेको बताइन्छ।
मिडिया रिपोर्टहरूका अनुसार जगननाथले सिनेमा तेलेगु सुपरस्टार महेश बाबुका लागि लेखेका थिए। महेश बाबुले सिनेमा नगर्नुको कारण भने सार्वजनिक भएको छैन।
जगननाथले यशलाई लिनुको पछाडि सिनेमाको भारतव्यापी रिलिजको योजना रहेको छ। 'केजिएफ'को सफलताले यशको परिचय कन्न सिनेमाको सानो दर्शकघेराबाट भारतभरका सिनेमाप्रेमी दर्शकमाझ भएको छ। उनी यसैको सदुपयोग गर्न चाहन्छन्।
उनी निर्देशित पछिल्लो सिनेमा 'स्मार्ट शंकर'ले वक्सअफिसमा सुपरहिट व्यापार गरिसकेको छ।