बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो ५ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएकी छिन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दीया र साहिल संघा ११ वर्षदेखि साथै थिए।
दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि उनीहरूको ११ वर्षे सम्बन्धमा विराम लागेको हो।
दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी हुन। पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन्। दुबैले सहमतिमा यो निर्णय गरेको बताइन्छ।
दीयाले इन्स्टाग्राममा ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको उल्लेख गर्दै सहमतिमा छुट्टिने निर्णय गरेको र सधैं साथी बनेर रहने तथा एकअर्कालाई उत्तिकै सम्मान र इज्जत दिने बताएकी छन्।
'हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं', दीयाले पोस्टमा लेखेकी छन्।
उनले पोस्टमा साथीभाइ, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छन्। त्यस्तै उनले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छन्।
दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन्। दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन्।
यसका अलावा उनी सन् २००० को मिस एशिया प्यासेफिककी ताज विजेतासमेर हुन्। यसै वर्ष प्रियंका चोपडा मिस वर्ल्ड बनेकी थिइन् भने लारा दत्ताले मिस युनिभर्सको ताज जितेकी थिइन्।