अभिनेता आयुष खुर्राना भावुक बनेका छन्। उनको पछिल्लो रिलिज 'आर्टिकल १५'का कारण उनी भावुक बनेका हुन्।
'आर्टिकल १५'मा काम गरेपछि आफ्नो आँखा खुलेको बताउँदै उनले सिनेमाले उनीभित्र गहिरो भावनात्मक प्रभाव छोडेको बताए।
'मैले करियरमा पहिलो पटक प्रहरीको भूमिकामा काम गरें। यसको कथाले मलाई गहिरो भावनात्मक प्रभाव छोडेको छ, आँखा खोलिदिएको छ। यसमा देखाइएका जस्ता घटना अखबारमा छापिन्छ तथा टेलिभिजनमा प्रसारण गरिन्छ तर यसका बाबजुद कारवाही गर्ने तथा बहस गर्न हामी विफल हुने गर्छौ', उनले भने।
उनले यस्ता घटना घटेपनि यिनलाई मानिसहरूले नजरअन्दाज गर्ने गरेको बताए।
'हामी सामाजिक सदस्यका रूपमा वरीपरीका घटनाहरू हेर्छौं तर सत्यलाई नजरअन्दाज गर्दै आफ्नो सुविधाजनक कल्पनाको बुलबुलमा बस्न छनौट गर्छौ', उनले भने, 'म सिनेमाको आईएमबिडी सिनेमाको रेटिङ हेर्छु किनकी मेरो लक्ष्य भनेको यसको कथाबाट दर्शकमा प्रभाव छोड्नु थियो। म चाहन्थे मानिसहरू यस बारेमा कुरा गर्न सुरू गरून्।'
यस्तै आयुष्मानले आफूले सदैव कथाको माध्यमबाट समाजको मुद्दालाई उठाउने कुरा विश्वास गरेको बताए।
उनले यसका लागि सिनेमा महत्वपूर्ण हुने भनाइ राखे। मानिसहरूमा बलिउडको गहिरो प्रभाव रहेकाले आफूलाई त्यसको लाग्ने उनको भनाइ छ। उनले आईएमबिडीमा राम्रो रेटिङ मिलेकोमा खुशी व्यक्त गरे।