मिस इङ्ल्याण्ड-२०१९ को उपाधि भारतीय मूलकी २३ वर्षिय डाक्टर भाषा मुखर्जीले जितेकी छन्।
बिहिबार उनले उपाधि जितेकी हुन्।
बेलायती संचारमाध्यमहरूका अनुसार उनीसँग २ वटा मेडिकल डिग्री रहेका छन्। त्यस्तै उनको आईक्यू लेवल १४६ छ। यो स्कोरलाई सर्वोत्कृष्ट मानिन्छ। उनलाई पाँच भाषाको ज्ञान छ।
बिहिबार ताज जितेकी मुखर्जी शुक्रबार बिहानै आफू कार्यरत अस्पताल ड्युटीमा पुगेको बेलायती पत्रिका 'द सन'ले जनाएको छ।
भारतमै जन्मिएकी मुखर्जी ९ वर्षको हुँदा आफ्नो परिवारसँग बेलायत सरेकी थिइन्।
नर्टिघंम विश्वविद्धालयबाट स्नातक गरेकी मुख्रजीसँग मेडिकल साइन्स र मेडिसिनको साथमा सर्जरीका दुई स्नातकको डिग्री छ।