आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न। उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके गर्छन्-गर्छन्? बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्।
फेरि एउटा किस्सा सार्वजनिक भएको छ।
भारतीय अभिनेत्री काजोल अग्रवाललाई भेट्ने लालसामा एक फ्यानले ६० लाख भारू गुमाएका छन्।
भारतको रामानाथपुरम निवासी एक प्रशंसक काजोललाई भेट्न चाहन्थे। उनको यही कमजोरी टेकेर उनीबाट ६० लाख रूपैयाँ एउटा ठगहरूको समूहले चट्काइदियो।
सर्च गर्दा यी फ्यानले इन्टरनेटमा काजोललाई मिलाइदिने दाबी गर्ने एक वेबसाइट भेटे। उनले यसलाई सत्य ठाने तर यो साइट ठग्नका लागि बनाइएको थियो। उनी यहि ठगीधन्दाको सिकार भए।
यस साइटवालाले सुरूमा काजोल भेटाउन ५० हजार मागे। त्यसपछि काजोललाई भेट्ने अवसर बढेको भन्दै थप रकम माग्दै गए। जब पैसाको मात्रा बढ्दै गयो तब यसरी पैसा दिने व्यक्तिलाई सो समूहप्रति शंका बढ्यो।
उनले त्यसको विरोध गरे। जवाफमा उनीहरूले ती फ्यानको अन्तरंग तस्वीर सार्वजनिक गरिदिने धम्की दिए र उनीबाट थप पैसा असुले।
हाली ती फ्यान पुलिसकोमा पुगिसकेका छन्। पुलिसमा उनले किस्ताकिस्ता गरेर सो समूहलाई ६० लाख भारू बुझाएको उल्लेख गरेका छन्। प्रहरीले घटनामा जाँच गर्दै संलग्नहरूलाई पक्राउ गर्न सुरू गरेको छ।