'दंगल' निर्देशक नितेश तिवारी निर्देशित नयाँ सिनेमा 'छिछोरे' ३० अगस्टमा रिलिज हुँदैछ। उनी ३ वर्षपछि यसै सिनेमाबाट पर्दामा फर्किन लागेका हुन् तर उनका लागि यो त्यति सुखद नहुने भएको छ।
यसै मितिमा प्रभास तथा श्रद्धा कपुर स्टारर 'साहो' पनि रिलिज हुँदैछ। सिनेमा जुध्ने भएपछि नितिश खुशी छैनन्।
'किञ्चित यसलाई रोक्न सम्भव हुन्थ्यो। १० महिनासम्म आफ्नो सिनेमामात्र रिलिज हुँदैछ भनेर बसिरहेको अवस्थामा जब तपाईंको सिनेमा रिलिजको १ महिना अगाडि त्यो एक्लो सिनेमा हुँदैन तब त्यसबाट तपाईं खुशी हुन सक्नुहुन्न', उनले भने।
नितिशलाई निराश बनाउने अर्को कुरा हो- श्रद्धा कपुर। उनी दुबै सिनेमाकी मूख्य अभिनेत्री हुन्। एउटै मितिमा एउटै स्टारका दुई सिनेमा रिलिज हुँदा दुबै सिनेमालाई फाइदा हुन सक्दैन।
यो टक्कर 'साहो'ले १५ अगस्टको रिलिज मिति सारेसँगै श्रृजना भएको हो।
यस मितिमा जोन अब्राहम स्टारर 'बाटला हाउस' तथा अक्षय कुमार स्टारर 'मिशन मंगल' रिलिज हुनेभएपछि ३०० करोड भारूमा निर्माण भएको भनिएको 'साहो' सिनेमा प्राविधिक कारण भन्दै अगस्ट ३० मा पुग्यो।
उसको यो स्थानान्तरणले 'छिछोरे'ले सोलो रिलिज नपाउने भएको हो। यसले सिनेमाले प्रदर्शनका लागि पाउने पर्दा संख्यामा पनि गतिलै प्रभाव पार्नेछ।
यसै कारण पनि 'छिछोरे' निर्देशक खुशी हुन नसकेका हुन्।