गत वर्ष 'ठग्स अफ हिन्दोस्तान'बाट वक्सअफिस र समिक्षा दुबै तर्फ चिप्लिएका आमिर खान यति बेला नयाँ सिनेमाको तयारीमा छन्।
उनी हलिउड सिनेमा 'फ्रेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चढ्डा'मा काम गर्दैछन्।
यसैबीच सो सिनेमाको हिन्दी रिमेक लिन निर्माताहरूलै ठूलो प्रयास र लामो समय प्रतिक्षा गर्नुपरेको खुलासा भएको छ। रिमेकको प्रयास गरेको करिब पाँच वर्षपछि रिमेक राइट पाएको खुलासा भएको हो।
'फरेस्ट गम्प'का निर्माताहरूले सिनेमामा आमिर खान हुने पक्का भएमात्र सिनेमाको रिमेक अधिकार दिने बताएपछि यस्तो भएको हो।
उनीहरूले आमिर खानले मात्र सिनेमालाई न्याय गर्न सक्ने भन्दै यस्तो सर्त राखेका थिए। आफ्नो सिनेमालाई उत्कृष्ट बनाउन आमिरले कुनै कसर नछोड्ने भएकाले उनीहरूले आमिर हुनुपर्ने सर्तमा मात्र सिनेमा बेच्न तयार भएका थिए।
नयाँ समाचारहरूका अनुसार सिनेमा बाबरी मस्जिद तथा सिख दंगाजस्ता घटना हिन्दी रिमेकमा राखिनेछ।
मिडिया रिपोर्टहरूमा यस्तो बताइ पनि सिनेमाका निर्माताहरूले यस बारेमा आफ्नो औपचारिक भनाइ दिएका छैनन्।