तमिल सिनेमाका चर्चित निर्देशक एस. शंकरको नयाँ सिनेमामा यसअघि ऋतिक रोशनले काम गर्ने चर्चा चलेको भए पनि अब सो सिनेमा शाहरूख खानले गर्ने भएका छन्।
'आई', 'रोबोर्ट' सिरिजका निर्देशक शंकरले एक साई-फाई थ्रिलरका लागि शाहरूखलाई प्रस्ताव गरेका छन्।
शंकरले यस सिनेमाको काम कमल हसनको मूख्य भूमिका रहेको 'इण्डियन २'को काम सकेपछि सुरू गर्नेछन्।
केहि महिना अगाडी शंकरले ऋतिकलाई सिनेमाको स्क्रिप्ट सुनाएको भएपनि ऋतिकले फराह खान 'सत्ते पे सत्ता'मा रूचि देखाएपछि सिनेमा शाहरुखको पोल्टामा गएको हो।
यसका अलावा ऋतिक अन्य सिनेमाका कारण पनि व्यस्त हुने भएपछि केहि समययता कुनै सिनेमामा काम नगरी बसेका शाहरूखलाई चिठ्ठा परेको हो।
हाल यो सिनेमाको कामका बारेमा दुबैले प्रारम्भिक छलफल गरिरहेको बताइन्छ।
यस्तै यस सिनेमाका लागि शंकरले चिनियाँ सुपरस्टार च्याकी च्यान, तमिल विजय तथा चिनियाँ अभिनेत्री लि बिङबिङलाई समेत महत्वपूर्ण भूमिकाका लागि प्रस्ताव गरेका छन्।