पछिल्लो समय भारतका क्षेत्रिय सिनेमाहरू भब्य हुँदै गएका छन्।
उनीहरूले उनीहरूभन्दा ठूलो मानिने बलिउडलेसमेत नआँट्ने बजेटमा धमाधम सिनेमा बनाइरहेका छन्।
ती सिनेमाले भारतभित्र मात्र होइन अन्तराष्ट्रिय बजार पनि विस्तार भइरहेको छ। यस्तैमा तमिल सिनेमाका दुई सुपरस्टारहरू- विजय र अजिथ कुमारले हलिउड सिनेमा गर्ने खबर सार्वजनिक भएको छ।
दुबैलाई 'बाहुबली' सिनेमाका हलिउड स्टन्ट निर्देशक लि ह्वीटटेकरले आफ्नो आगामी सिनेमामा खेलाउन लागेको बताइन्छ।
उनले सिनेमामा दुबैको अनुबन्धलाई स्वप्न सफलता भनेका छन्। यी दुबै कलाकारले यसअघि पनि एकसाथ काम गरिसकेका छन्। दुबैले अभिनय गरेका पछिल्ला सिनेमाहरूले वक्सअफिसमा लगातार एकपछि अर्को गर्दै सफलता हासिल गरिरहेका छन्।
लिले यसअघि अजिथसँग 'आरमबम'मा काम गरेका थिए।
पछिल्लो समय विदेशमा बढ्दो भारतीय सिनेमाको बजारले हलिउड निर्देशकहरूलाई भारतीय अभिनेतातर्फ आकर्षित गरेको हो।
यस्तोमा विजय र अजिथको हलिउड यात्रा कस्तो होला? त्यो भने सिनेमा रिलिजपछि थाहा हुने नै छ।