'बाहुबली' अभिनेता मधुप्रकाशलाई प्रहरीले पत्नीको आत्महत्या प्रकरणमा पक्राउ गरेको छ।
दुई दिन अगाडि उनकी पत्नी भारतीले घरमा पासो लगाएर आत्महत्या गरेकी थिइन्। कहि दिनदेखि भारती निक्कै तनाबमा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।
प्रहरीले मधुप्रकाशलाई दाइजो उत्पीडन मामिलामा पक्राउ गरेको हो।
भारतीका बाबुले मधु प्रकाशविरूद्ध दाइजो उत्पीडनका कारण छोरीले आत्महत्या गर्न विवश भएको उजुरी दिएपछि प्रहरीले उनी पक्राउ परेका हुन्। भारतीले मधुलाई यसैकारण फोनमा आत्महत्या गर्ने धम्की दिदैं आएकी थिइन्।
मधुले जिमबाट फर्किदा पत्नीलाई झुण्डिरहेको अवस्थामा भेट्टाएका थिए। आत्महत्याको कारण दाइजोका साथमा मधुको सहकर्मी कलाकारसँगको निटक सम्बन्धको शंकाका कारण पनि घटेको हुनसक्ने प्रारम्भिक अनुमान छ। यहि विषयमा दुबैको झगडा भइरहने गरेको बताइन्छ।
दुबै सन् २०१५ मा विवाह गरेका थिए।