२६ जुलाईमा रिलिज भएको कंगना रनौट तथा राजकुमार राव स्टारर 'जजमेन्टल है क्या'ले वक्सअफिसमा राम्रो कमाइ गरेको छ।
सिनेमाले करिब ४० करोड भारूको व्यापार गरेको सिनेमा निर्माण कम्पनी बालाजी टेलिफिल्मसले जनाएको छ।
सिनेमामा कंगना र राजकुमारका अलावा हुसैन दलाल, सतीश कौशिक, अमायरा दस्तुर, अमृता पुरी तथा जिमी शेरगिलको प्रमूख अभिनय रहेको छ।
सिनेमालाई प्रकाश कोवलामुदीले निर्देशन गरेका हुन्। सिनेमाले मानसिक रोग 'एक्युट सायोकिसिस'बाट प्रभावित पात्रको कथा भन्छ।