पछिल्लो केहि समययता शाहरूख अभिनित सिनेमाले वक्सअफिसमा पैसा कमाउन सकिरहेका छैनन्। बलिउडका बादशाह मानिने शाहरूखका लागि यस्तो हुनु आफैमा पीडादायी कुरा हो। लगातार सिनेमा वक्सअफिसमा असफल भएपछि केहि समययता उनले कुने पनि नयाँ सिनेमा गर्ने तय भएको छैनन्।
गत वर्ष रिलिज भएको 'जिरो' फ्लप भएपछि शाहरूखले नयाँ सिनेमामा हात हालेका छैनन्। यस्तोमा शाहरूखले आफूलाई एक्सन सिनेमा गर्ने रहर भएपनि गर्न नपाइरहेको बताएका छन्। उनले आफ्ना लागि कसैले एक्सन सिनेमाको स्क्रिप्ट नलेखेको गुनासो गरेका छन्।
'म एक एक्सन सिनेमा गर्न चाहन्छु जसमा मारपिट होस, मसला होस र एक लाइनको होस। यसमा कठिन त यो छ कोही पनि मलाई लेख्न चाहिरहेको छैन, मलाई काम मिल्न बन्द भएको छ र साँच्ची भन्नुपर्दा मसँग एउटा पनि सिनेमा छैन', शाहरूखको गुनासो छ।
त्यस्तै उनले हातमा तत्कालै सिनेमा नभएपनि कथाहरू भने सुनिरहेको बताए।
'मैले कुनै सिनेमामा हस्ताक्षर गरेको छैन। म थुप्रै कथाहरू सुनिरहेको छु। मेरा लागि मात्र होइन, निर्माणका लागि पनि सुनिरहेको छु। म कमेडी या एक्सन सिनेमा गर्न चाहन्छु', शाहरूखले भने।
अब शाहरूखको यस्तो पीडामा कसले मल्हम लगाउला, त्यो समयले बताउला। 'जिरो'पछि शाहरूखले 'डन ३'को सिक्वल गर्ने चर्चा चलेको भएपनि हाल सो चर्चा सामसुम जस्तै छ।