बलिउडमा पछिल्लो समय मुद्दा केन्द्रित सिनेमाहरू राम्रैगरी बनिरहेका छन्। यसमा अक्षय खन्ना तथा ऋचा चढ्ढा स्टारर 'सेक्शन ३७५' पनि थपिएको छ।
सिनेमाको ट्रेलर सार्वजनिक भएको छ।
सिनेमाले महिला उत्पीडन तथा बलात्कारलाई आफ्नो कथा बनाएको छ। सिनेमाले सिनेमामा काम गर्ने एक युवतीको बलात्कार घटना पेस गरेको छ।
सेप्टेम्बर १३ मा रिलिज हुने सिनेमालाई अजय बहलले निर्देशन गरेका हुन्। सिनेमामा ऋचा तथा अक्षयका अलावा राहुल भट्ट तथा मिरा चोपडाको मूख्य भूमिका रहेको छ।