'बाहुबली' फेम प्रभास स्टारर 'साहो' करिब १० हजार पर्दामा रिलिज हुने अनुमान गरिएको छ।
हिन्दी, तेलेगु, तमिल तथा मल्यालम गरी चार भाषामा सिनेमा रिलिज हुँदैछ। चार भाषामा सिनेमा रिलिज हुने भएकाले सिनेमाले ८ हजारदेखि १० स्क्रिन पाउने भएको हो।
उत्तर भारतका ४५०० पर्दामा सिनेमा रिलिज हुने जनाइएको छ भने दक्षिण भारतमा पनि लगभग उत्तिनै संख्यामा सिनेमा रिलिज हुँदैछ।
सिनेमालाई हिन्दी र तेलेगुमा गरी २ भाषामा एकैपटक छायाँकन गरिएको थियो।
करिब ३५० करोड भारूमा निर्माण भएको सिनेमा निर्माण सुरू भएदेखि नै चर्चामा छ। 'बाहुबली'पछि प्रभास अभिनित पहिलो सिनेमा भएकाले पनि सिनेमा दर्शकमाझ बहुप्रतिक्षित बनेको छ।
बलिउड अभिनेत्री 'श्रद्धा'सँग प्रभासले यस सिनेमामा जोडी बाँधेका छन्। सिनेमाको टिजर तथा ट्रेलरले पनि दर्शकका लागि यो सिनेमा विशेष बनेको छ। हाल सबैको आँखा सिनेमाले कति व्यापार गर्ला भन्नेमा रहेको छ।
सिनेमाले एक एक्सन सिनका लागि मात्रै ७० करोड भारू खर्च गरेको छ। यस्तोमा सिनेमामाथि सबैको नजर छ। सिनेमा अगस्ट ३० मा रिलिज हुनेछ।