अगस्ट १४ बलिउडका चर्चित हास्य कलाकर जोनी लिभरको जन्मदिन हो। उनको जन्म आजकै दिन सन् १९५७ मा भारतको आन्द्र प्रदेशमा भएको थियो। आज ६१ औं जन्मदिन मनाइरहेका जोनीको बाल्यकाल भने एकदमै गरिबी र अभावमा बितेको थियो।
उनको हालत यति खराब थियो कि फि तिर्न नसकेपछि उनलाई स्कूलले निकालिदिएको थियो।
यसरी पारिवारिक अवस्थाका कारण ७ कक्षापछि पढाइ गर्न नपाएका जोनी सडकमा आए। त्यसपछि उनले मुम्बईका सडकमा बलिउड अभिनेताहरूको नक्कल गर्दै र बलिउड गीतहरूमा नाच्दै कलमहरू बेच्ने काम गरे।
पछि उनले फेरि हिन्दुस्थान लिवरमा काम पाए। सो क्रममा उनले हिन्दुस्तान लिवरका ठूला कर्मचारीको नक्कल गर्दै सबैलाई हसाउँथे। त्यसपछि विस्तारै उनले स्टेज शओहरूमा काम पाउन थाले।
स्टेज शोबाट राम्रो कमाइ हुन थालेपछि उनले हिन्दुस्तान लिभरको काम छोडे र स्टेज शोमा व्यस्त हुन थाले।
एक शोका दौरान उनको प्रतिभा देखेर सुनल दत्तका पिता सुनिल दत्तले उनलाई बलिउडमा डेब्यू गराए। यसरी उनले 'दर्दका रिस्ता'बाट आफ्नो बलिउड यात्रा सुरू गरे।
उनको खास नाम जोन प्रकास राव हो। हिन्दुस्तान लिभरमा काम गरेका कारण पछि गएर उनको नाम जोनी लिभर भयो।
सन् १९९९ मा उनलाई झण्डाको अपमान गरेको आरोपमा सात दिनको कैद सजाय पनि सुनाइएको थियो। सजायपछि उनले सो घटनामा माफी मागे र उनको सजय घटाएर १ दिनमा झारिएको थियो।
जोनीको जिवनमा एकसमय यस्तो पनि आयो जसले उनको पूरा जिवन बदलियो। आफू आएको परवर्तनका बारेमा जोनीले एकपटक आफैले बोलेका छन्।
'म रोम क्याथोलिक हुँ र सँधै एक धार्मिक व्यक्तिका रूपमा रहें तर एउटा घटनाले मेरो जिवन बदलिदियो। मेरो छोरालाई उब्रोमा ट्यूमर थियो। यसका कारण म पूरा समय ईश्वरको प्रार्थनामा लगाउन थालेको थिएँ। डाक्टरले मेरो छोराको ट्यूमर सकिएको बताए। यहिबाट मेरो ईश्वरप्रतिको आस्था झनै गहिरो भयो।'
छोरालाई क्यान्सर भएका कारण भएको तनावले गर्दा उनले एक समय सिनेमा पनि छाडेका थिए।
बलिउडको हास्य कलाकारको चर्चा हुँदा जोनी एउटा नछुट्ने परिचय हुन्।
सन् १९८४ बाट सिनेमामा अभिनय गर्न थालेका जोनीले ३ सय बढि सिनेमामा काम गरिसकेका छन्।