९० को दशकमा कमेडी सिनेमाबाट दर्शकलाई खुबै हँसाएका निर्देशक डेविड धवन यतिबेला आफ्ना अभिनेता छोरा वरूण धवनलाई लिएर आफ्नै निर्देशनमा 'कुली नम्बर वान' बनाइरहेका छन्।
डेविडको जुगलबन्दी अभिनेता गोविन्दासँग खूबै फाप्यो। उनीहरूले करिब डेढ दर्जन बढी सिनेमामा एकसाथ काम गरे। ती सबै सिनेमाले दुबैलाई सफलताको स्वाद चखायो। सिनेमाका सफलतासँगै उनीहरूको दोस्ती पनि खुबै जम्यो। तर समयक्रम यस्तो आयो दुबैको बोलचाल नै बन्द भयो। हाल दुबैको सम्बन्ध तिक्ततापूर्ण छ।
हालै एक भारतीय टेलिभिजन कार्यक्रममा गोविन्दाले धवनसँग भएको मनमुटावको बारेमा गोविन्दाले खुलेर कुरा गरे।
'यस्तो सवाल सोध्न उनी त्यतिखेर लायक हुनेछन् जब उनी आफ्नै छोरासँग १७ सिनेमा गर्नेछन्। मलाई लाग्दैन उनका छोरा(वरूण धवन)ले उनीसँग १७ सिनेमामा काम गर्नेछन्। किनकी उनका छोरा पढेलेखेका छन्। कुनै कलाकारसँग १७ सिनेमा गर्नुको मतलब के हो? मलाई थाहा थिएन।' उनले कार्यक्रममा भनेका छन्।
गोविन्दाका अनुसार राजनीतिबाट निस्केपछि उनी केहि बदलिएका थिए। उनका व्यक्तिगत सहयोगी डेविड धवनसँग थिए। उनले लाउड स्पिकरमा राखेर, डेविडले बोलेको कुरा सुनाउन लगाए। त्यहाँ उनले डेविडको मुखबाट जे सुन्नुपर्दैन होला सोचेका थिए, उनले त्यही सुन्नु पर्यो।
'चिची धेरै प्रश्न गर्न थालेको छ। यति धेरै प्रश्न की मेरो मन ऊसँग काम गर्न इच्छुक नै छैन। उसलाई भन्देउ सानोतिनो रोल पाए गर्नु। त्यो सुनेपछि मेरो मन टुट्यो। मैले केहि महिनासम्म उनीसँग कुरा गरिन। त्यसको ४-५ महिनापछि मैले पुनः फोन गरे। फोनमा मैले म थोरै अतिथि भूमिका गर्छु र तिम्रो दिलमा रहेको यो सानो बाँकी इच्छा पूरा गर्छु भने। थोरै सेकेण्डको सट दिएर म जान्छु। जहाँ सुटिङ गर्दैछौं म त्यही आउँछु। त्यसपछि मलाई डेविडको कहिले फोन आएन ', गोविन्दाले सो कार्यक्रममा भने।
गोविन्दाको विचारमा डेविडले उनलाई त्यस्तो भन्न अरू कसैले लगाएको ठान्छन्।
'उनी त्यस्ता मान्छे होइनन्', गोविन्दाले भने।
दुई जनाको भेट यसरी भएको थियो
'संजय दत्तले मलाई एक पंजाबी छन्। त्यो समयमा जति पनि पंजाबी आउँथे म उनीहरूलाई काम दिन्थे। त्यहीमा एकजना डेविड धवन पनि आए। मलाई उनी मनपरे। मलाई लाग्यो उनीसँग मैले कयौं हिट सिनेमा देख्न सक्छु। मैले ठीकै छ, काम गरौं भनेर गरें।'
डेविडसँग जस्तो सम्बन्ध त नातेदारसँग रहेन- गोविन्दा
'मैले उनीसँग जस्तो सम्बन्ध राखे, त्यस्तो सम्बन्ध मैले आफ्नो कुनै पनि नातेदारसँग राखिन। मेरो भाइ पनि निर्देशक हो, ऊसँग पनि मैले १७ सिनेमा गर्न सकिन। अब उनी के अपेक्षा गरिरहेका छन्, मलाई थाहा छैन। १७ सिनेमामा काम गरिसकेपछि मैले डेविडलाई 'चश्मेबद्दुर'को विषय सुनाए। उनले ऋषि कपुरसँग सुरू गरें। जब सुटिङ भइरहेको थियो, मैले उनलाई गाली गर्न फोन गरें। त्यसपछि उनले मेरो कुरा त सुन, मैले यो सिनेमा कसरी बनाइरहेको छु। जवाफमा मैले मलाई के थाहा तिमी के गर्दैछौं। पहिला त मलाई हुन्छ भन्थ्यौ। यसपटक सोधेनौ। विषय पनि उडायौं। '
आज बोलचाल नभएपनि दुबैले एकसाथ 'साजन चले ससुराल', 'बडें मिया छोटे मिया', 'कुली नम्बर १', 'शोला और शबनम', 'आँखे' तथा 'राजा बाबु' जस्ता सिनेमा काम गरे। यी दुबै सिनेमाबाट उनीहरू ठूलो सफलता पनि हासिल गरें।