जोन अब्राहम स्टारर पुलिस ड्रामा 'बाटला हाउस' सिनेमाले रिलिजको पहिलो दिन १४.५० करोड भारू कमाइ गरेको छ।
बलिउड वक्सअफिस समाचार प्रकाशित गर्ने 'बक्स अफिस इण्डिया'ले यो कमाइलाई राम्रो सुरूवात भनेको छ।
सिनेमामा जोन अब्राहम, मृणाल ठाकुर तथा रवि किशन मूख्य भूमिकामा रहेक छन्। सिनेमालाई निखिल आडवाणीले निर्देशन गरेका हुन्।
सिनेमा सत्य घटनामा आधारित रहेको छ। १९ सेप्टेम्बर, २००९८ मा दिल्ली स्थित 'बाटला हाउस'मा भएको एक प्रहरी मुडभेडमा सिनेमा निर्माण भएको हो।
यस मुडभेडलाई त्यतिबेलाका झुटो भन्दै दिल्ली पुलिसको चर्को आलोचना भएको थियो। त्यतिखेर प्रहरीले विद्यार्थीलाई आतंकवादी भन्दै मारिएको भन्दै ठूलो आलोचना गरिएको थियो। पछि जाँचमा मारिएका दुबै जना आतंवादी भएको प्रमाणित भएको थियो।
सिनेमाको व्यापारमा शनिबार र आइतबार अझ बढोत्तरी देखिने अनुमान गरिएको छ।