अभिनेता अक्षय कुमार दुःखी भएका छन्।
अक्षयले आजकल अभिनेताहरू मल्टी-हिरो सिनेमामा काम गर्ने हिच्किचाउने प्रवृत्तिबाट दुःखी भएको बताएका हुन्। उनले अभिनेताहरूमा सोलो हिरोमात्र बन्ने इच्छा राख्ने बताए।
'इमानदारिताका साथ कसैको नाम नलिईकन भन्छु। हाम्रो उद्योगका हिरोहरूले २ या ३ हिरोवाला सिनेमा गर्नुपर्छ भनेर बुझेका छैनन्। उनीहरू यस्तो सिनेमा गरिरहेका छैनन्। म उनीहरू किन यसो गरिरहेका छैनन् भनेर बुझ्ने कोशिसमा छु' उनले भने।
'सबै सोलो हिरोवाला सिनेमा गर्न चाहन्छन्। यसअघिको पिढी र मेरो पिढीले यस्ता सिनेमा गर्थे। यहाँसम्मकी उनीहरूले ३ हिरोवाला सिनेमा समेत गरेका छन्', उनले अगाडि थपे।
त्यसैगरी अक्षयले बलिउडमा यस्तो प्रवृत्ति भएपनि हलिउडमा नहुने बताए।
'आजकल दुई अभिनेता विरलै एकसाथ काम गर्न चाहन्छन्। हाम्रोमा गरे पनि कयौं पटक मनाएपछि मात्र गर्छन्', उनले भने, ' हलिउडमा यस्तो हुँदैन। यस्तो केबल हाम्रोमा मात्र हुन्छ र यो एकदमै दुखद हो।'
अक्षयले आफूले ४-५ वटा हिरो भएको सिनेमा काम गर्न मनपर्ने बताए। उनले आफ्नो भूमिका राम्रो भएपछि त्यस्ता सिनेमा गर्न केहि फरक नपर्ने भनाइ राखे।