बलिउड स्टारहरूको पहिरनको मूल्यका चर्चा भइराख्छन्। चर्चा ती पहिरनका महँगो मूल्यका कारण हुने गर्छन्। तर कंगना रनावत भने आफ्नो सस्तो पहिरनका कारण चर्चामा आएकी छन्।
स्टारहरू लाखौं र उस्तै परे करोडौं पहिरन लर्काउँछन्। यस्तोमा आफ्ना फरक र बोल्ड अभिव्यक्तिका कारण चर्चामा आइरहने अभिनेत्री कंगना रनावत भने ६०० भारूको सारी लगाएर चर्चामा आएकी छन्।
भारतको जयपुरको एक कार्यक्रममा सहभागी हुन ६ रूपैयाँको सारीमा लगाएपछि उनी चर्चामा आएकी हुन्।
कंगना आफूले लगाएको सारीको मूल्य र गुणस्तरका कारण अचम्भित छिन्। उनी त्यो मूल्यमा त्यो गुणस्तरको अर्गानिक साडी पाइन्छ भन्ने हेक्का नभएकाले अचम्ममा परेकी हुन्।
अचम्मसँगै उनी सो सारीका कारण हैरान समेत छिन्।
उनी सारीका कालीगढले पाउने कम पारिश्रमिकका कारण हैरान बनेकी हुन्।
ट्वीट गर्दै कंगनाकी बहिनी रंगोलीले यसको खुलासा गरेकी हुन्।
ट्विटमा रंगोलीले स्वदेशी उत्पादनलाई प्रोत्सहान गर्ने भनेकी छन्। उनले ट्वीटमा अन्तराष्ट्रिय ब्राण्डको कोपभाजनमा पर्नुअघि यस्ता स्वदेशी उत्पादन र यसका कालीगढलाई समर्थन गर्नुपर्ने बताएकी छन्।