सलमान खानको 'दबंग' फ्रान्चाइजको तेश्रो सिरिज एकसाथ चार भाषामा रिलिज हुने भएको छ।
सिनेमा यसै वर्षको क्रिसमसमा अर्थात डिसेम्बर २० मा रिलिज हुने भएको छ।
बुधबार ट्वीट गर्दै अभिनेता सलमान खानले रिलिज मिति र चार भाषामा सिनेमा रिलिज हुने बताएका हुन्।
प्रभुदेवाको निर्देशनमा बनिरहेको सिनेमा हिन्दीका अलावा तेलेगु, तमिल र कन्नड भाषामा पनि रिलिज हुनेछ।
सिनेमामा सलमानका अलावा सोनाक्षी सिन्हा, अरबाज खान, माही गिल, पंकल त्रिपाठी तथा खिचा सुदिपको अभिनय रहेको छ। कन्नड सिनेमाका सुपरस्टार सुदिप यस सिनेमाका मुख्य खलनायक हुन्।
यसै सिनेमाबाट बलिउड अभिनेता, निर्माता तथा निर्देशक महेश मांजेरकरकी छोरी साईले बलिउडमा डेब्यू गर्दैछिन्।