९० को दशकमा अभिनेत्री करिष्मा कपुरले एक से एक सुपरहिट सिनेमामा काम गरिन्। गोविन्दा हुन्, सलमान हुन् या कुनै निर्देशक, हर कोईको पहिलो रोजाइमा चुलबुली करिष्मा पर्थिन। उनको अन्दाज पृथक थियो।
उनै करिष्माले भारतीय टेलिभिजनबाट प्रसारित हुने एक नृत्य कार्यक्रममा एउटा गीतसँग सम्बन्धित रहस्य खोलेकी छिन्। उनले सुनिल शेट्टीसँग जोडी बाँधेको 'कृष्णा' सिनेमाको एक गीतमा कसरी धेरै पटक कपडा बदल्नुपर्यो भन्ने बारेमा खुलासा गरेकी हुन्।
सिनेमामा रहेको 'झाँझरिया' बोलको गीतमा करिष्माले एक या दुई पटक नभई पूरै ३० पटक आफ्नो पहिरन फेरेकी छिन्।
सन् १९९६ मा रिलिज भएको यस सिनेमाको सुपरहिट गीतमा उनले उक्त संख्या पहिरन बदलेकी थिइन्।
'यो गीतमा हिरो र हिरोइनको गरी दुई वटा संस्करणमा छ। हिरोवाला हिस्सा ५० डिग्रीको मरभूमीको गर्मी खिचिएको थियो भने महिलाको हिस्सा मुम्बईमा ३ लगाएर खिचिएको थियो', उनले भनिन्, 'मरभूमिका बालुवामा सुटिङ गर्नुपर्थ्यो। त्यो समय हावाका कारण बालुवा हाम्रो आँखामा छिर्थ्यो जसका कारण सुटिङ गर्न गार्हो भएको थियो।'
करिष्माले यस गीतलाई आफ्नो जीवनको स्मरणीय गीत मध्येको एक भएको बताइन्।
'जब हामीले हिरोइनको हिस्साको सुटिङ सुरू गर्यौं तब मलाई गीतमा ३० भिन्न भिन्न पोशाक बदल्नुपर्ने महसुस भयो। प्रत्येक लुकका लागि भिन्न भिन्न कपाल र मेकअपका साथ काम गरियो, जुन एकदमे मुश्किल थियो। यसकारण 'झांझरिया' केवल एउटा प्रतिष्ठित गीत मात्र होइन, मेरो करियरको सबैभन्दा स्मरणीय गीत पनि हो।'