बलिउड अभिनेता राजनीतिमा आउने दाबी भारतको महाराष्ट्र राज्यका एक मन्त्रीले गरेका छन्।
महाराष्ट्रका मन्त्री महादेव जानकरले यस्तो दाबी गरेका हुन्। जानकर राष्ट्रिय समाज पार्टीका अध्यक्ष हुन्।
उनले अभिनेता दत्तले २५ सेप्टेम्बरमा उनको पार्टी प्रवेश गर्ने दाबी गरेका हुन्। हालै सो पार्टीको वर्षगाँठमा संजयले एक भिडिओ जारी गर्दै जानकर र उनको पार्टीलाई बधाई संदेश दिएका थिए।
सो भिडियोमा संजयले पार्टीलाई बधाई दिदैं सफलताको शुभकामना व्यक्त गरेका थिए। भिडिओमा उनले मनाकर आफ्नो मित्र भएको बताएका थिए।
सन् १९९२ को बम विस्फोटमा उनलाई एके-४७ राखेकोमा दोषी पाइएको थियो र उनलाई कैद सजाय भएको थियो। संजयकी बहिनी प्रिया दत्त पछिल्लो चुनावमा कांग्रेसबाट प्रत्यासी बनेकी थिइन्। सो चुनाबमा उनले आफ्नो बहिनीको पक्षमा प्रचार गरेका थिए।
यसअघि संजय समाजवादी पार्टीको महासचिव रहिसकेका छन्। महासचिव भएपनि उनको लखनउ लोकसभामा चुनाव लड्ने सपना भने पूरा हुन सकेको थिएन। संजयका बाबु सुनिल दत्त कांग्रेसका ठूला नेता थिए।