लता मंगेशकर 'एक प्यारका नगमा है' गीत गाएर सामाजिक संजालमा एकाएक भाइरल भएर बलिउड गायिका बनेकी रानू मारिया मण्डलले आफूले रेल स्टेसनमा गीत गाउनुको रहस्य खोलेकी छन्।
एक टिभी कार्यक्रममा पुगेकी रानूलाई सो कार्यक्रमकी प्रस्तोताले रेल स्टेसनमा बसेर गीत गाउनुको कारण सोधेपछि उनले आफ्नो पीडा खोलेकी हुन्।
'मसँग बस्नका लागि घर छैन। म पेट भर्नका लागि गाउँथे। गीत सुनेर कसैले बिस्कुट दिन्थे त कसैले खाना त कसैले पैसा। यसरी म जीन्दगी बिताइरहेको थिएँ', उनले रेल स्टेसनमा गीत गाउनुको कारण खुलाउँदै कार्यक्रममा भनिन्।
यो रानूको बितेको दिन थियो। आज परिस्थिति फेरिएको छ। उनी बलिउड गायिका बनिसकेकी छन्। हालै चर्चित संगीतकार तथा अभिनेता हिमेश रेशमियाले आफ्नो आगामी सिनेमा ‘ह्याप्पी हार्डी एन्ड हीर’को गीत गाउन लगाएका छन्।
यस्तै थुप्रै मानिसहरू उनीसँग काम गर्न लालयित छन्।