३० अगस्टमा झण्डै दुई वर्षपछि पर्दामा प्रभाष 'साहो' सिनेमा मार्फत आउँदैछन्। सिनेमा यस वर्षको प्रतिक्षित सिनेमा मध्येको एक हो।
सिनेमाको निर्माण, कलाकारको पारिश्रमिक, प्रचार तथा एक्सनसम्मका लागि भारी मात्रामा रकम खर्च गरिएको छ। रिलिजसम्म सिनेमाले ३५० करोड भारूको बजेट खर्च गरिसकेको छ।
यस्तोमा सिनेमाको व्यापार कस्तो रहला?
धेरैको चासो छ। त्यसो त सिनेमाले आफ्नो लागत रिलिज अगावै सुरक्षित गरिसकेको बताइन्छ।
शुक्रबारबाट सिनेमा भारतभरका १० हजार पर्दामा हिन्दी, तमिल, तेलेगु र मलयालम भाषामा रिलिज हुँदैछ। सिनेमाले हिन्दी संस्करणमा मात्र पहिलो दिन करिब २२ करोड भारू कमाउने अनुमान गरिएको छ।
त्यस्तै आन्द्र प्रदेश र तामिलनाडीमा सिनेमाले पहिलो दिनमा ७५ करोड कमाइ गर्ने अनुमान गरिएको छ।
यस हिसाबले भारतभर गरेर सिनेमाले सय करोड नजिकको व्यापार गर्ने अनुमान छ।