सोमबारबाट तेलेगु सुपरस्टार पवन कल्याण ४८ औं वर्षमा प्रवेश गरेका छन्। पवन कल्याण ती अभिनेतामा पर्छन् जो सिनेमापछि राजनीतिमा प्रवेश गरे। उनले आफ्ने पार्टीसमेत खडा गरेका छन्।
सिनेमामा २३ वर्ष लामो करियर बिताइसकेका पवनले यी वर्षमा २३ सिनेमा नै गरेका छन्। उनी तेलेगु सिनेमाका महँगा कलाकारसमेत हुन्। उनले प्रति सिनेमा १८ करोड भारू पारिश्रमिक लिने गर्छन्।
निर्देशनमा रूचि भएका पवनलाई भाउजू सुरेखा (अभिनेता चिरञ्जीवीकी पत्नी) ले कर गरेर अभिनयमा प्रवेश गराएकी थिइन्।
आफ्नो देवर गतिलो कलाकार बन्न सक्छन् भन्ने सुरेखाको विश्वासले नै उनी सफल सुपरस्टार बनेका हुन्। सेप्टेम्बर २ सन् १९७१ मा जन्मिएका पवनको परिचय बहुआयामिक व्यक्तित्वको रहेको छ।
गत लोकसभा चुनावमा उनले दिएको बयानका कारण उनी विवादित समेत बनेका थिए। त्यतिबेला उनले सिनेमाहलमा राष्ट्रिय गानमा उठ्न मननलाग्ने बताएका थिए। त्यसपछि उनी ट्रोलका सिकार भए। सामाजिक संजालमा यहाँसम्म भयो की मानिसहरूले उनको देशभक्तीमा समेत प्रश्न उठाए।
यस्तो भएपनि उनको चर्चामा कुने कमी छैन। उनै पवनका केहि रोचक तथ्य यस्ता छन्:
१. पवन कल्याणको वास्तविक नाम कोनिचेला कल्याण बाबु हो।
२. उनले आफ्नो अभिनय यात्रा सन् १९९६ मा तेलेगु फिल्म 'अक्कडा अम्माई इक्कडा अभ्भई'बाट सुरू गरेका हुन्।
३. पवनका 'खुसी', 'गब्बर सिंह' , 'अट्टरिन्की दारेडी' तथा 'अज्ञनत्यवासी' फिल्म आफ्नो समयमा सर्वाधिक व्यापार गर्ने फिल्म हुन्।
४. उनको रूचि फिल्म निर्देशनमा थियो तर भाउजु सुरेखाले जबरजस्ती अभिनयमा लाग्न बाध्य पारेकी थिइन्।
५. उनलाई पढ्न र खेतीपातीमा रूचि छ। फुर्सदमा उनी कि किताब पढ्छन् या त आफ्नो कृषि फार्ममा काम गर्छन्। बच्चैदेखिको उनको रुचि कृषिमा थियो।
६. कल्याण शाकाहारी हुन्।
७. उनी करातेमा ब्ल्याकबेल्ट लिएका छन्।
८. आफैले आयोजना गरेको कराते कार्यक्रममा प्रस्तुति दिएपछि उनले आफ्नो नाम पवन राखेका हुन्।
९. पवन कल्याण अलराउण्डर हुन्। उनी अभिनेताका साथमा निर्देशक, कोरियोग्राफर, गायक, स्क्रिप्ट लेखक एवं राजनीतिज्ञ समेत हुन्।
१०. गुगल सर्चका अनुसार लोकसभा चुनाव २०१४ मा उनी सर्वाधिक गुगल गरिएका भारतीय अभिनेता थिए।
११. उनको हालसम्म तीन पटक विवाह भइसकेको छ। पहिलो पत्नी नन्दिनी हुन् भने रेनु देशाईसँग उनकी दोश्री पत्नी हुन्। विवाहअघि रेनु पवनकी ड्रेस डिजाइनर थिइन्। रेनुबाट एक छोरा र छोरी छन्। उनी हाल एना लेजनेभासँग वैवाहिक जीवन बिताइरहेका छन्।
१२. पवन कम्युनिस्ट नेता चे ग्वेभाराका ठूला प्रशसंक हुन्।