चिनियाँ वक्सअफिसमा रजनीकान्त तथा अक्षय कुमार स्टारर '२.०' फ्लप भएको छ।
एस शंकर निर्देशित साईफाइ सिनेमाले भारतमा भने हिन्दी, तमिल तथा तेलगु तीनै संस्करणमा शानदार कारोबार गरेको थियो।
चीनमा ६ सेप्टेम्बरमा रिलिज भएको यस सिनेमाले पहिलो सातामा केवल २२ करोड भारू मात्र कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसअघि चीनमा रिलिज भएको 'बाहुबली २ः द कन्क्लुजन'को पनि असफल भएको थियो। उसले केबल ५२ करोड भारू मात्र कमाउन सकेको थियो।
'जति कमाउने अपेक्षा गरिएको थियो, त्यसमा सिनेमा असफल भएको छ। भारतमा उत्कृष्ट प्रदर्शनका बाबजुद दुबै सिनेमा चीनमा असफल रहे। चिनियाँ दर्शकले यी सिनेमाको कथामा आफूलाई जोड्न सकेनन्', बलिउड व्यापार विश्लेषक गिरीश जौहरले भने, 'दुबै सिनेमाको वक्सअफिसमा सुरूवात राम्रो थियो। यसबाट दर्शकमा सिनेमालाई लिएर दर्शकमा उत्सुक्ता थियो भन्ने सावित हुन्छ तर यसका बाबजुत दर्शकमा रूचि कम भयो किनकी यसको कथासँग चिनियाँ दर्शकले आफूलाई जोड्न सकेनन्।'
'२.०'ले हिन्दीमा मात्र १८८ करोड भारूको ग्रस कमाइ गरेको थियो।