बलिउड मिथून चक्रवर्तीका कान्छा छोराले बलिउडमा डेब्यू गर्ने पक्का भएको छ।
मिथुनका कान्छा छोरा नमाशी चक्रवर्तीले चर्चित निर्देशक राजकुमार सन्तोषीको एक्सन-कटमा डेब्यू गर्न लागेका हुन्।
नमाशीसँगै यसै सिनेमाबाट बलिउड निर्माता साजिश कुरैशीकी छोरी अमरीनले पनि डेब्यू गर्ने बताइएको छ। यस सिनेमाको नाम 'ब्याड व्वाई' हुनेछ।
सिनेमाले रोमान्टिक कमेडी कथा पेस गर्नेछ।
नमाशी अगाडि मिथुनका जेठा छोरा मेमोले बलिउडमा डेब्यू गरेका छन्। उनको करियर भने बलिउडमा खासै चम्कन सकेन।
यस्तो कान्छा छोराको करियरले कस्तो गर्छ भन्नेमा धेरैको नजर छ।