बलिउड अभिनेत्री आलिया भटले प्रियंकाले गर्ने भनिएको सिनेमा खोसेकी छन्।
संजय लिला भन्सालीले निर्माण गर्ने सिनेमाले कमाठीपुरामा वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनी पेस गर्नेछ। आलियाले प्रियंकाबाट यही सिनेमा उछिट्याएकी हुन्।
यो सिनेमा प्रियंकाले गर्ने चर्चा लामो समयदेखि चल्दै आएकोमा हाल आएर 'इन्शाल्लाह' सिनेमा सुटिङको मुखमा बन्द भएपछि संजयले आलियालाई खेलाउन लागेको नयाँ सिनेमा यही भएको बताइन्छ।
संजयले 'इन्शाल्लाह'के सुटिङ तालिकामा यो सिनेमा गर्न लागेका हुन्।