दक्षिण भारतीय तेलेगु सिनेमाका चर्चित हास्य कलाकार वेणु माधवको निधन भएको छ।
३९ वर्षीय माधवको उपचारका क्रममा हैदराबादको यशोदा अस्पतालमा बुधबार अपरान्ह निधन भएको हो। उनलाई मृगौलासम्बन्धी समस्या थियो।
मंगलबार उनको स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना गरिएको थियो। करिब दुई साता अस्पतालमा राखेर उपचार गरेपछि माधवलाई आइतबारमात्र घर लगिएको थियो।
घर लगिएका माधवको स्वस्थ्य बिग्रिएपछि उनलाई परिवारले पुनः मंगलबार अस्पताल ल्याएको थियो।
माधवको निधनमा तेलेगु देशम पार्टीका प्रमुख तथा आन्द्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले ट्विट गर्दै उनको निधनमा शोक व्यक्त गरेका छन्।
उनको निधनमा तेलेगु सिनेमाका कलाकारहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्।
वेणु माधवले नक्कल उतार्ने कलाकारका रूपमा आफ्नो करियर सुरू गरेका थिए। पछि उनले सिनेमामा हास्य कलाकारका रूपमा कदम राखे। उनले तमिल तथा तेलेगु गरी दुई सय बढी सिनेमामा काम गरेका छन्।
उनले अन्तिमपटक सन् २०१६ मा सिनेमामा अभिनय गरेका थिए। पछिल्लो समय उनीले राजनीतितर्फ रूचि देखाएका थिए। उनले तेलेगु देशम पार्टीका लागि प्रचार गरेका थिए।