अभिनेता अक्षय कुमारले 'हाउसफुल-४'मा साजिद खानलाई निर्देशकको श्रेय नदिने निर्णय निर्माण कम्पनी नाडियाडवाला ग्र्याण्डसनको भएको बताएका छन्।
गत वर्ष अक्टुबरमा ३ जना महिलाले साजिदमाथि यौन उत्पीडनको आरोप लगाएपछि उनी सो सिनेमाको निर्देशक पदबाट हटेका थिए। उनलाई आरोप लगाउने ३ महिलामध्ये एक भने सलोनी चोपडा हुन्।
'६० प्रतिशत सिनेमा साजिदले निर्देशन गरेका हुन्। उनलाई निर्देशनको श्रेय नदिने निर्णय निर्माण कम्पनीको हो',अक्षयले शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा भने।
साजिद योन उत्पीडनको मामिलामा मुछिएपछि निर्देशनको जिम्मा फरहाद समजीलाई दिइएको थियो। त्यसैले अब सिनेमामा निर्देशनमा फरहादको नाम हुनेछ।
सो कार्यक्रममा अक्षयले 'मिटु' अभियानपछि बलिउड काम गर्नका लागि थप सुरक्षित भएको बताए।
त्यसैगरी अक्षयले यौन उत्पीडन मामिलामा साजिद निर्दोष साबित भए पुनः काम गर्ने पनि बताए।