बलिउड अभिनेत्री स्वरा भास्करको हातबाट ४ वटा ब्रान्डको प्रायोजन अनुबन्धन खोसिएको छ।
सन् २०१९ को लोकसभा चुनावमा स्वराले भारतीय जनता पार्टी(भाजपा) विरूद्ध प्रचार गरेकी थिइन्।
उनले चुनावमा कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमारको प्रचार तथा समर्थन गरेकी थिइन्।
स्वराले आगामी फिल्म ‘शीर कोरमा’ पोस्टर सार्वजनिक कार्यक्रममा राजनीतिकमा सहभागी हुदा ४ वटा ब्रान्ड्सको प्रायोजन अनुबन्धन गुमाएको खुलासा गरेकी हुन्।
‘मैले लोकसभा चुनावको प्रचार गरेको दिन ४ वटा ब्रान्डको ३ वटा इभेन्ट्स गुमाएको थिए। सर्वसाधरण जीवन जिउदा धेरै चिज दाउ लगाउनु पर्छ। कलाकारले कुनै विषयमा बयान दिएपछि उसको कारमा ढुंगा मुढा हानिन् । स्टारको जीवन जिउदा आफ्नो जिन्दगी, परिवार र करियर लगातार दाउमा लाग्छ’, उनले भनिन्
उनले थप्दै भनिन्, ‘अहिले सामाजिक र राजनीतिक विषयमा फिल्म बनाउदा बलिउड अलि जिम्मेदार भएको छ। मलाई लाग्छ, बलिउड र अरु भाषाका फिल्महरु अलि संवेदनशील हुनुपर्छ । अब फिल्ममा पनि धर्म, जाति र लैंगिकताको विषय उठान गर्नु पर्छ।’
फराज आरिफ अन्सारीले निर्देशन गरेको फिल्ममा स्वराको साथै दिव्या दत्ताको मुख्य भुमिका रहेको छ। सिनेमामा उनीहरु समलैंगिक भुमिकामा अभिनय गरेका छन्।