बलिउडका 'राजा' अर्थात् शाहरुख खानलाई 'रोमान्स किङ' पनि भनिन्छ। आफ्ना फिल्ममा उनले निर्वाह गरेका भूमिकाका कारण उनलाई बलिउडले किङ अफ रोमान्सको उपाधि धेरै वर्षअगाडि दिएको हो। उनले यिनै उपाधिलाई सम्हाल्दै आफ्नो पहिचान पनि बनाएका छन्।
तर हालै अभिनेता सलमान खानले शाहरूखको यो पहिचानमा प्रश्न उठाएका छन्। सलमानले 'किङ अफ रोमान्स' को हो भन्ने विषयमा एक ट्विट गर्दै भनेका छन्- किङ अफ रोमान्स शाहरूख खान कि म? खुसीको मनको कुरा बुझ्न यति सजिलो पनि थिएन।
उनले यो ट्विटसँगै आफ्नो नयाँ फिल्म 'दबङ-३'को छोटो भिडिओ राखेका छन्। फिल्मको दृश्यमा चुलबुल पाण्डे बनेका सलमान र खुसीको भूमिकामा देखिएकी अभिनेत्री साई मन्जेरकरको प्रेम देख्न सकिन्छ।
प्रेमीका रूपमा आफूलाई प्रस्तुत गरेका सलमान खुसीसँग कुरा गर्न खोजिरहेका हुन्छन्। तर खुसीको घरको भित्तामा शाहरूख खानको पोस्टर र फोटा देखेर चकित खान्छन्।
चुलबुलले सोध्छन्- मबाहेक तिमीलाई अरू को मनपर्छ? उक्त दृश्यमा खुसीका कोठाभरी शाहरूखका फोटा भए पनि उनले चुलबुलको प्रश्नमा शाहरूख खानको नाम लिन्नन्। चुलबुल दंग।
फिल्मको यही दृश्यसँग जोड्दै सलमान खानले आफूलाई शाहरूखसँग तुलना गरी 'किङ अफ रोमान्स को हो, म कि शाहरूख खान?' भनेका हुन्।
सलमान खानको फिल्म 'दबङ-३' यही यही शुक्रबार रिलिज हुँदैछ। फिल्ममा किच्चा सुदीप, सोनाक्षी सिन्हाको पनि मुख्य भूमिका छ। सलमान खान फिल्म्सको ब्यानरमा बनेको 'दबङ-३' को निर्देशन प्रभु देवाले गरेका हुन्। निर्माता अरबाज खानले फिल्ममा अभिनय गर्नुका साथै स्क्रिप्ट पनि लेखेका हुन्।