साल २०१९ आफ्नो अन्तिम सातामा आइसकेको छ।
शुक्रबार यस वर्ष बलिउडको अन्तिम ठूलो सिनेमाका रुपमा अक्षय कुमार र करिना कपुर स्टारर 'गुड न्यूज' रिलिज भएको छ। वक्सअफिसमा यो सिनेमा सफल भएमा अक्षय कुमार यस वर्ष बलिउडमा सर्वाधिक सफल अभिनेता बन्ने छन्।
यसअघि उनी अभिनित ३ सिनेमा वक्सअफिसमा हिट भइसकेका छन्। यो वर्ष बलिउडका सर्वाधिक १० सफल सिनेमाको सूचिमा अक्षयका ३ सिनेमा परेका छन्।
यस वर्ष अक्षयसँगै सर्वाधिक कमाइ गर्न सफल १० सिनेमाको सूचि यस्तो छ।
१.वार- ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर एक्सन सिनेमाले २९२.७१ करोड भारू कमाउँदै सूचिको एक नम्बरमा छ।
२. कबीर सिंहः २९२.७१ करोड भारूसहित शाहिद कपुर स्टारर 'कबिर सिंह' कमाइको मामिलामा दुई नम्बरमा रहेको छ। सिनेमा 'अर्जुन रेड्डी' नामक तेलेगु सिनेमाको रिमेक हो।
३. 'उरीः द सर्जिकल स्ट्राइक'- २४४ करोड भारू कमाइका सात विक्की कौशल सिनेमा सूचिको तेश्रो स्थानमा छ। स्लिपर हिट बनेको यस सिनेमाबाट विक्कीले राष्ट्रिय पुरस्कारसमेत पाए।
४. हाउसफुल ४- समीक्षकहरूले वकवास सिनेमा भनेर चर्को आलोचना गरेको भएपनि अक्षय कुमारको यस सिनेमाले २०५ करोड भारू कमाइ गर्न सफल भयो।
५. भारत- सलमान खान, क्याटरिना कैफ तथा दिशा पटानी स्टारर सिनेमाले १९७.३४ करोड भारू कमायो। 'ओडे दु माई फादर' नामक कोरियन सिनेमाको आधिकारिक बलिउड रिमेकले दर्शक र समीक्षक दुबैलाई रिझायो।
६. मिशन मंगलः अक्षय कुमार, विद्या बालन, सोनाक्डी सिन्हा, तप्सी पन्नु आदि कलाकारको अभिनय रहेको सिनेमाले १९२.६७ करोड भारूको कमाइ गर्यो। सिनेमाले पैसा कमाउनुका साथै समीक्षकहरूबाट प्रशंसासमेत बटुल्यो।
७. केशरी- अक्षय कुमार स्टारर यो सिनेमाले १५१.८७ करोड बारू कमायो। सिनेमाले अंग्रेजकालिन भारतका समयमा एक सिख सिपाहीले अफगानिस्तानमा देखाएको बहादुरीको कथा पेस गरेको थियो।
८. टोटल धमाल- अजय देवगन, अनिल कपुर तथा माधुरी दिक्षित लगायतका स्टार कलाकारहरूको अभिनय रहेको कमेडी सिनेमाले १५०.०७ करोड कमाइ गर्यो।
९. साहो- बाहुबलीबाट खिर्तिमानी कमाइ गरेका प्रभासको त्यसपचिको सिनेमाले १४८ करोड भारू कमायो। बिग बजेको यस सिनेमाबाट धेरै आशा गरिएको थियो तर रिलिजपछी भने सिनेमाले दर्शकलाई रिझाउन सकेन।
१०. छिछोरेः 'दंगल' जस्तो दशककै सर्वाधिक सफल सिनेमा बनाएका नितेश तिवारी निर्देशित सिनेमालाई दर्शकहरूले खुबै मनपराए। सुशान्त सिंह तथा श्रद्धा कपुर स्टारर सिनेमाले १४७.३२ करोड भारू कमायो।