बलिउड अभिनेता आमिर खानको परिचय छ- मिस्टर पर्फेक्सनिस्ट।
सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने भएकाले उनलाई यो उपनाम दिइएको हो।
कम तर राम्रा सिनेमा गर्ने कलाकारका रुपमा आमिर चिनिने गरेका छन्।
हाल उनी हलिउड सिनेमा 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिहं चड्ढा'को सुटिङमा व्यस्त छन्।
हालै सिनेमामा रहेको दौडको दृश्यका लागि आमिरले ठूलै मेहेनत गर्नुपर्यो। सिनेमाको सो दृश्यका लागि आमिरले पेनकिलर(दुखाइ कम गर्ने औषधी) काम गरेका छन्।
पूर्वनिर्धारित तालिका अनुसार काम होस् भन्नाका खातिर उनले औषधि खाएर दौडिए। त्यसो त यसका लागि उनले थुप्रै समयदेखि १२-१३ किलोमिटर जगिङ गर्दै अभ्यास पनि गर्दै आइरहेका थिए।
सिनेमाको प्रमुख पात्र लाल सिंह चड्ढाको सिनेमामा खुबै दौडिने दृश्यहरू छन्। त्यसैका कारण आमिरमा दुखाइको समस्या आएको हो।
यसका लागि निर्माणपक्षले १० दिनको समय छुट्याएको थियो। त्यसैले समस्या आएपनि आमिरले त्यसलाई औषधि खाएर काम गरे।
सिनेमाका लागि लामो दार्ही बनाएका आमिरले सिनेमामा जवान देखिन २० किलो वजन समेत घटाएका छन्।