बलिउड अभिनेता शाहिद कपुर सुटिङका दौरान घाइते भएका छन्।
उनी 'जर्सी' सिनेमाको सुटिङका क्रममा घाइते भएका हुन्।
क्रिकेट खेलाडीमाथि बनिरहेको सिनेमाको खेल दृश्यको रिहर्सलका क्रममा उनी घाइते भएका हुन्।
रिहर्सलका क्रममा फ्याँकिएको बल उनको तल्लो ओठमा लागेको थियो। बल लागेपछि शाहिदको ओठ काटिएर रगत आएको थियो।
घटनापछि उनलाई उपचारका लागि तत्कालै चिकित्सककोमा लगिएको थियो।
उनको घाउमा चिकित्सकहरूले टाँका लगाइदिएका छन्। चोटबाट उनको ओठ सुनिएको पनि छ।
अब सिनेमाको सुटिङ् उनको घाउ ठीक भएपछि मात्र सुरु हुनेछ। पाँच दिनमा उनी ठिक हुने जनाइएको छ।
शाहिदको यस सिनेमा उनका पिता पंकज कपुरको पनि अभिनय छ। उनी सिनेमामा पनि शाहिदका बाबु बनेका छन्।
सिनेमा सोही नामको तेलेगु सिनेमाको हिन्दी रिमेक हो। 'जर्सी' यसै वर्ष अगस्टमा रिलिज हुनेछ।